प्रि ओपन सेसनमा नेप्से ४.४४ अंकले बढ्यो

डिसी नेपाल
३० कार्तिक २०८२ ११:२०
36
Shares

काठमाडौं। साताको पहिलो कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक ४.४४ अंक बढेर बन्द भएको छ।

गत बिहीबार १.१३ अंक बढेर २५४५.७३ विन्दुमा बन्द भएको नेप्से, आज प्रि ओपन सेसनमै ४.४४ अंक बढेर २५५०.१७ विन्दुमा पुगेको हो।

यो समाचार तयार पार्दा सम्म कुल ४७ स्टकको १०५ पटकको कारोबारमा ७० लाख १० हजार ६४० रुपैयाँबराबरको १२ हजार ७५६ कित्ता शेयर खरिदबिक्री भएको छ।

जसमध्ये २४ स्टकको मूल्य बढेको छ भने १५ स्टकको मूल्य घटेको छ। बाँकी ८ स्टकको मूल्य भने सो सेसनमा स्थिर रहेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *