नेप्सेमा सामान्य गिरावट, कारोबार रकम बढ्यो
काठमाडौं । साताको पहिलो कारोबार दिन नेप्से परिसुचकमा सामान्य गिरावट आएको छ। अघिल्लो कारोबार बिहीबार ०.३१ अंकले बढेर २५४४.९१ विन्दुमा उक्लीएको नेप्से परिसुचक आईतबार ५.१५ अंकले घटेर २५४०.५७ अंकमा झरेको छ।
नेप्सेमा सामान्य अंकले गिरावट आएपनि कारोबार रकमभने अघिल्लो दिनको तुलनामा सामान्य वृद्धि भएको छ। बिहीबार ३ अर्ब ४९ करोड ९८ लाख २१ हजार रुपैयाँको ७६ लाख ५ हजार ५ सय कित्ता शेयर किनबेच भएको बजारमा यसदिन कुल ३३७ स्टकको ३ अर्ब ८९ करोड ३९ लाख ७५ हजार रुपैयाँको ७९ लाख ५७ हजार कित्ता कारोबार भएको छ। यो किनबेच ४७ हजार १७६ पटकको कारोबारमा भएको हो।
यसदिन सेन्सेटिभ इन्डेक्स १.४४ अंकले घटेको छ। फ्लोट इन्डेक्स ०.५० अंकले घटेको छ भने सेन्सेटिभ फ्लोट इण्डेक्स ०.५६ अंकले घटेको छ।
यस दिन सागर डिस्टीलरी, बुङ्गल हाइड्रो, बन्दीपुर केबलकार र नबिल डिबेन्चरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। सागर डिस्टलिरीको शेयर मूल्य प्रतिकित्ता ५१.४० रुपैयाँले बढेर ५६५.७० रुपैयाँमा अन्तिम कारोबार भएको छ।
आज कारोबारमा आएको मध्ये भुगोल इनर्जी डेभलप्मेन्टको शेयर नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस कम्पनीको शेयर प्रतिकित्ता १० प्रतिशतले घटेर ६४४.४० रपैयाँमा अन्तिम कारोबार भएको छ। यस्तै, रुरु जलविद्युत कम्पनीको शेयर मूल्य पनि ९ प्रतिशत भन्दा धेरैले घटेको छ। कारोबार रकमका आधारमा यस दिन एसबिल डिबेन्चर ८९, नेपाल रि इन्स्योरेन्स कम्पनी र माउन्टेन इनर्जीको शेयर मूल्य सबैभन्दा धेरै कारोबार भएको छ।
यसदिन १३ उपसमूहमध्ये ३ उपसमूहको परिसूचक बढेको छ भने १० उपसमूहको परिसूचक घटेको छ। यस दिन होटल तथा पर्यटन, उत्पादन तथा प्रशोधन र अन्य उपसमूहको परिसूचक सामान्य बढेको छ। यस दिन घटेका उपसमूहहरुको गिरावट दर १ प्रतिशतभन्दा कम रहेको छ।







डिसी नेपाल







Facebook Comment