देश बनाउनका लागि धेरैभन्दा धेरै राजस्व जम्मा गर्ने लक्ष्य छः मीन बहादुर गुरुङ
काठमाडौं। भाटभटेनी सुपर मार्केटका सञ्चालक एवम व्यवसायी मीनबहादुर गुरुङले देशको राजस्व खातामा धेरैभन्द धेरै पैसा जम्मा गर्ने आफ्नो लक्ष्य रहेको बताएका छन्।
सोमबार काठमाडौंमा कर दिवसको अवसरमा आयोजित कार्यक्रममा उनले आफूजस्तो व्यवसायीहरुले जम्मा गरेको पैसाले नै देश बन्ने भन्दै त्यसकारण पनि देशको राजस्व खातामा धेरै रकम जम्मा हुनुपर्ने बताए।
उनले भने, ‘मलाई आफ्नो देशको राजस्व खातामा पैसा कम जाओस भन्ने कुरा कहिले पनि मनमा आउदैँन्। जहिले पनि देशको राजस्व खातामा पैसा धेरैभन्द धेरै जम्मा गर्न सकौं। हामीले जम्मा गरेको पैसाले नै देश बनाउने हो। त्यसकारण कर जम्मा गर्नुपर्छ भन्ने मेरो विचार हो।’
यस्तै, गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनले ठूलो मात्रामा क्षति भएको भन्दै अब गम्भिर भएर अगाडि बढ्नुपर्ने बताए।
उनले भने, ‘गत भदौ २३ र २४ गते जेनजीको ठूलो आन्दोलन भयो र जेनजीहरुले दुई दिनमै सत्ता परिवर्तन गरिदियो। अब हामी गम्भीर भएर अगाडि बढ्नुपर्छ। यदि भएनौ भने यस्तो आन्दोलन अझै धेरै हुन सक्छ।’
आर्थिक गतिविधिहरु विस्तार गर्न सके राजस्व आफैं वृद्धि हुन्छः अध्यक्ष अग्रवाल
सोही क्रममा नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष कमलेश कुमार अग्रवालले आर्थिक गतिविधिको विस्तार र राजस्व वृद्धि दुवै एकअर्काका परिपूरक भएको भन्दै आर्थिक गतिविधिहरुको विस्तार गर्न सके राजस्व पनि वृद्धि हुने बताए।
उनले भने, ‘राष्ट्रिय कर दिवस एक दिनको उत्सव मात्रै होइन। जिम्मेवार कर प्रशासन र करदाताको साझा प्रतिबद्धताको सम्मान हो। आर्थिक गतिविधिको विस्तार र राजस्व वृद्धि दुवै एकअर्काका परिपूरक हुन्। जति आर्थिक गतिविधिहरुको विस्तार गर्न सक्छौ त्यति नै राजस्वको वृद्धि हुने हो र सरकारले तोकेको लक्ष्य प्राप्ति गर्न सजिलो हुन्छ।’
आर्थिक गतिविधि विस्तारको लागि निजी क्षेत्रमैत्री कर नीतिहरु, करदातामैत्री वातावरणको निर्माण आवश्यक रहेको पनि उनको भनाई छ।







डिसी नेपाल








Facebook Comment