निर्वाचनमा विद्यालय र बालबालिकाको प्रयोग नगर्न आग्रह
काठमाडौं। बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियानले आगामी निर्वाचनमा विद्यालय र बालबालिकालाई प्रयोग नगर्ने व्यवस्था मिलाउन निर्वाचन आयोगको ध्यानाकर्षण गराएको छ।
कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीलाई आज ज्ञापनपत्र बुझाउँदै अभियालने १८ वर्षभन्दा मुनिका बालबालिकालाई निर्वाचनका कुनै पनि गतिविधिमा सहभागी नगराउने भन्ने व्यवस्थालाई कडाइका साथ कार्यान्वयन गर्न आग्रह गरेको हो।
त्यसक्रममा प्रमुख आयुक्त भण्डारीले निर्वाचनमा बालबालिकाको प्रयोग हुन नदिइनेतर्फ आयोगसचेत रहेको बताउनुभएको अभियानका अध्यक्ष तिलोत्तम पौडेलले जानकारी दिए। कुनै पनि राजनीतिक दलले विद्यालय र बालबालिकालाई प्रयोग गर्न नहुने उल्लेख गर्दै उनले यसमा राजनीतिक पार्टी र सबै सरोकारवालाले सहयोग गर्नुपर्नेमा जोड दिए।
No ads found for this position


डिसी नेपाल
Facebook Comment