तल्काल कांग्रेस विशेष महाधिवेशनको मिति र स्थान तोक्न माग
काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधर समूहले तत्काल विशेष महाधिवेशनको मिति र स्थान तोक्न माग गरेको छ।
कांग्रेसको विशेष महाधिवेशन पक्षधर समूहले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै तत्काल पार्टी विधानको धारा १७ उपधारा (२) बमोजिम विशेष महाधिवेशनको मिति र स्थान तोक्न माग गरेको हो।
विशेष महाधिवेशन माग गर्ने करिव ५५ प्रतिशत हस्ताक्षरकर्ताको प्राथमिकता निर्वाचन अगाडी पार्टीको महाधिवेशन हुनुपर्छ भन्नेमा अडान कायमै रहेको उनीहरूले जनाएका छन्।
पार्टीको विधान बमोजिमको मागलाई प्रारम्भदेखि नै स्वीकार गर्न नचाहने, उपेक्षा गर्ने र औपचारिक एजेन्डा नबनाइएको प्रति गम्भिर आपत्ति रहेको कांग्रेस नेता गुरुराज घिमिरेले बताए।
मंसिरभित्र १५ औं नियमित महाधिवेशन समेत टार्नका लागि अनावश्यक रुपमा बैठक लम्वाइएको उहाले आरोप लगाए। उनले फागुन २१ का लागि घोषित निर्वाचन अगाडि नैं नयाँ नेतृत्व चयन गर्दै नयाँ नीति र नेतृत्वसहित थप उर्जा लिएर निर्वाचनमा होमिनुपर्ने धारणा राखे।
उनले पार्टीबाट विदा हुन खोज्नुभएका सभापति शेर बहादुर देउवालाई जवरजस्ती राजनीतिमा तान्ने प्रयत्न भइरहेको जिकिर गरे।
घिमिरेले अहिले पार्टीका केहि नेताहरू महाधिवेशनलाई डेड वर्ष पर ढकेल्न खाजेको आरोप समेत लगाए। महाधिवेशनका विषयमा हुने कुनै पनि प्रकारका जालझेलप्रति सचेत रहन आग्रह गर्दै विशेष महाधिवेशन पक्षधर समूहले विशेष महाधिवेशन, महाधिवेशन प्रतिनिधिको विशेष वैधानिक अधिकार भएको स्पष्ट पारेको छ। विधानले तोकेको अवधिभित्रै अर्थात् अबको ५५ दिनभत्रै महाधिवेशनको सुनिश्चित नभएसम्म माग फिर्ता नहुने उनीहरूले जनाएका छन्।








डिसी नेपाल






Facebook Comment