एमाले सचिवालय बैठक च्यासलमा बस्दै, महाधिवेशनका विषयमा छलफल हुने
काठमाडौं। नेकपा एमालेको सचिवालय बैठक आज बस्दै बस्दैछ। पार्टी केन्द्रीय कार्यालय च्यासलमा बिहीबार दिउँसो १ बजे बस्नेगरी बैठक बोलाइएको एमाले केन्द्रीय कार्यालयका सचिव डा. भीष्म अधिकारीले जानकारी दिएका छन्।
जेनजी आन्दोलनका क्रममा क्षतिग्रस्त कार्यालय मर्मतपछि एमालेले आज पहिलोपटक केन्द्रीय कार्यालयमै सचिवालय बैठक बोलाएको हो। यसअघि एमालले बैठक भक्तपुरको गुण्डुस्थित अध्यक्ष ओलीको निवासमा बस्दै आएको थियो।
यही मङ्सिर २७, २८ र २९ गते काठमाडौंमा हुने ११ औं राष्ट्रिय महाधिवेशन सम्बन्धी छलफलका लागि एमालेले सचिवालय बैठक बोलाएको हो।
त्यसैगरि बैठकमा पार्टीले आगामी शनिबार काठमाडौँमा गर्ने प्रदर्शनका सम्बन्धमा पनि छलफल हुने बताइएको छ।
महाधिवेशनका लागि एमालेले यही मंसिर १३ गते एकैदिन देशभरबाट प्रतिनिधि छनोट गर्दैछ। च्यासलस्थित पार्टी कार्यालय हाल आंशिक सञ्चालनमा छ। संगठन विभाग र संसदीय दलको बैठक च्यासलमा बसिसकेको छ ।
No ads found for this position



डिसी नेपाल
Facebook Comment