प्रधान सम्पादक भट्टराईको विदाइ
काठमाडौं। डिसी नेपाल डटकमका प्रधान सम्पादक चूडामणि भट्टराईको विदाइ गरिएको छ। विगत चार वर्षदेखि डिसी नेपालको नेतृत्व सम्हालेका भट्टराईको शुक्रबार विदाइ गरिएको हो।
प्रधान सम्पादक भट्टराईले व्यक्तिगत कारण देखाएर दिएको राजीनामा व्यवस्थापन समितिको बैठकले स्वीकृत गरेपछि भट्टराईको विदाइ गरिएको हो। भट्टराईले २०२२ देखि डिसी नेपालको प्रधान सम्पादकको जिम्मेवारी सम्हालेका थिए।
डिसी नेपालका प्रवन्ध निर्देशक उमेश शर्माले भट्टराईको नेतृत्वमा डिसी नेपालले उचाइ प्राप्त गरेको भन्दै धन्यवाद दिएका छन्। साथै उनले भट्टराईको आगामी यात्राको लागि शुभकामना पनि दिएका छन्।
दुई दशकभन्दा बढी समयदेखि नेपाली पत्रकारितामा सक्रिय रहेका भट्टराईले अन्नपूर्ण राष्ट्रिय दैनिकको नायब सम्पादक तथा कान्तिपुर प्रकाशन प्रालिको नेपाल म्यागाजिनमा रिपोर्टिङकोआर्डिनेटर र पत्रकारिताका अध्यापक भई काम गरिसकेका छन्।
पत्रकारितामै स्नातकोत्तर गरेका भट्टराईसँग जनआस्था साप्ताहिकको उपसम्पादक र रेडियो नेपालको परिवेश कार्यक्रम प्रस्तोताका रुपमा पत्रकारिता क्षेत्रमा काम गरेको अनुभव पनि छ।
सुरक्षा र राजनीतिसम्बन्धी खोजमुलक पत्रकारितामा रुचि राख्ने भट्टराईले अमेरिकाको बासिंगटन डिसीस्थिति युनिभर्सिटी अफ डिसीमा होमल्याण्ड सेक्युरिटी विषयमा स्नातकोत्तर गरेका छन्।








डिसी नेपाल






Facebook Comment