२५० रोपनी जग्गामा लगाएको गाँजा खेती नष्ट
धादिङ । धादिङमा प्रहरीकाे टाेलीले २५० रोपनी जग्गामा लगाएको गाँजा खेती नष्ट गरेको छ।
जिल्लाको थाक्रे गाँउपालिका वडा ३ टोड्के तथा देउरालीमा स्थानीयले लगाएको गाँजा ईलाका प्रहरी कार्यालय खानीखोलाबाट प्रहरी निरीक्षक रुक बहादुर खड्काको कमाण्डमा गएको टोलीले नष्ट गरेको हो।
१२ जनाको प्रहरी टोली‚ स्थानीय जनता‚ युवा क्लब‚ स्थानीय तहका प्रतिनिधि र सञ्चारकर्मी समेत गरी ५० जनाको उपस्थिीतमा २५० रोपनी जग्गामा लगाएको अबैध लागु औषध गाँजा खेती नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment