कांग्रेस सुधार अभियानद्वारा ७७ वटै जिल्लामा संयोजक चयन
काठमाडौं। नेपाली कांग्रेस सुधार अभियान (४० वर्ष मुनि) ले ७७ वटै जिल्लामा जिल्ला संयोजक चयन गरेको छ। कांग्रेस सुधार अभियानले ४० वर्ष मुनिका नवयुवालाई पार्टीभित्र आकर्षण गराउनका लागि आज ७७ वटै जिल्लामा संयोजक तोकेको हो।
अभियानका संयोजक शिव रिमालले पार्टीभित्रका हरेक तहमा ४० वर्षमुनिका ४० प्रतिशत युवालाई प्रतिनिधित्व सुनिश्चित गर्नुपर्ने बताए। “पार्टीको तर्फबाट केन्द्र, प्रदेश र स्थानीय तहको निर्वाचनमा ४० वर्षमुनिका ४० प्रतिशत युवालाई प्रतिनिधित्व सुनिश्चित गर्नुपर्ने अभियानको मुख्य माग र उद्देश्य हो”, उनले भने।
अभियानमार्फत भ्रष्टाचारका विरुद्धमा खबरदारी गर्दै सुशासन कायम गर्ने, पार्टीको तर्फबाट हरेक निकायको निर्वाचनमा उम्मेदवार छनोट गर्दा ‘प्राइमरी इलेक्सन’ को व्यवस्था गराउने भएको छ। यसैगरी, लोकतन्त्रको संरक्षण र संवर्द्घनका लागि खबरदारी, नयाँ बहस र पैरवी गर्न सबै जिल्लाका संयोजक तोकिएको रिमालले जानकारी दिए।
No ads found for this position



डिसी नेपाल
Facebook Comment