लमहीमा गोली चल्यो
दाङ । दाङको लमही बजारमा आज दिउँसो गोली चलेको छ। लमही बजारस्थित जुन तारा सुनचाँदी पसलमा अज्ञात व्यक्तिले गोली प्रहार गरेको प्रहरीले जनाएको छ।
गोली लागेर पसल सञ्चालक सामान्य घाइते भएको र सुन पसल लुटपाट गर्ने उद्देश्यले गोली प्रहार भएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ।
गोली प्रहार गर्ने व्यक्ति फरार रहेको र खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment