काठमाडौं उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छ : मन्त्री घिसिङ

डिसी नेपाल
२० मंसिर २०८२ २०:२४
16
Shares

काठमाडौं । सरकारले काठमाडौं उपत्यकाभित्र रहेका नदी सफा गर्न आवश्यक काम गरिरहेको बताएका छन्। त्यस क्रममा बागमती, विष्णुमती, धोबीखोला, टुकुचा र गुह्येश्वरीलगायत काठमाडौं उपत्यकाका नदीहरूलाई सफा गर्न फोहर पानी प्रशोधन प्लान्ट बनाउने काम भइरहेको उनले जानकारी दिए।

आज थापाथलिस्थित बागमती करिडोरमा निर्माणाधीन फोहर पानी प्रशोधन ‘प्लान्ट’को निरीक्षण गर्दै मन्त्री घिसिङले एसियाली विकास बैंक (एडिबी) को सहयोगमा काम सुरु भए पनि नदी वरिपरिका रुख कटानी र त्यस क्षेत्रको ठाउँ तयार गर्न समय लागेको बताए। उनले बागमती नदी सफा गर्न गुह्येश्वरीमा ‘प्लान्ट’ बनेको र अन्य केही ठाउँमा पनि बन्ने क्रममा रहेको उल्लेख गरे।

काठमाडौं उपत्यकाभित्रका केही नदी ललितपुर महानगरपालिकाभित्र भएको र त्यस ठाउँमा ‘प्लान्ट’ बनाउने क्रममा स्थानीयको विरोधका कारण पनि ढिलाइ भएको मन्त्री घिसिङको भनाइ थियो। उनका अनुसार ‘वाटर ट्रिटमेण्ट प्लान्ट’ले टुकुचाको सम्पूर्ण ढल प्रक्रियालाई सफा गर्दै पानीलाई बागमती नदीमा पुर्‍याउने योजना सुनाए।

मन्त्री घिसिङले भने, ‘यता काठमाडौँपट्टि बनिरहेको संरचना अब छिट्टै सम्पन्न हुने देखिन्छ, तर उता ललितपुरतिरको भागमा काम रोकिँदा समग्र परियोजनामा केही ढिलाइ हुने भएको छ। यसलाई जसरी पनि व्यवस्थापन गर्ने विषयमा छलफल भइरहेको छ।’

काठमाडौं उपत्यकाका सबै नदी सफा गर्नका लागि प्रतिदिन छ सय ‘एमएलडीको प्लान्ट’ आवश्यक पर्ने भए पनि हाल उपत्यकामा निर्माणधीन ‘प्लान्ट’ त्यसको २० प्रतिशत मात्रै भएको उनले उल्लेख गरे। हाल एडिबीको तीन अर्ब १८ करोड लगानीमा ‘प्लान्ट’ निर्माणको काम भइरहेको पनि मन्त्री घिसिङले जानकारी दिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *