ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन

डिसी नेपाल
२० मंसिर २०८२ २२:३१
52
Shares

पाटन । राष्ट्रपति रामचन्द्र पौडेलले आज ललितपुर महानगरपालिकाले निर्माण गरेको भूकम्प प्रतिरोधी नयाँ प्रशासनिक भवनको उद्घाटन गरेका छन्।

महानगर प्रमुख चिरीबाबु महर्जनले महानगरको प्रशासनिक कार्य सञ्चालन हुँदै आएको भवन अपर्याप्त भएकाले ५२ हजार पाँच सय वर्गफिटमा भूकम्प प्रतिरोधात्मक अध्याधुनिक भवन निर्माण गरिएको जानकारी गराए।

‘महानगरभित्रका २२ वटा वडामा अपाङ्गमैत्री कार्यालय भवन निर्माण भइसकेका छन्, बाँकी वडा कार्यालय पनि अपाङ्गमैत्री र अत्याधुनिक बनाइने छ, ललितपुर महानगरलाई स्वच्छ, सफा र आकर्षक सहरका रुपमा विकास गर्दै बस्नयोग्य नगरको रुपमा विकास गर्नका लागि हामी क्रियाशील रहेका छौँ, शिक्षा, स्वास्थका साथै सामाजिक सुधारमा उल्लेख काम गरेका छौं’, उनले भने। महानगरका अनुसार रु २३ करोड ३२ लाख ७५ हजार एक सय ३९ को लागतमा वन निर्माण गरेको हो।

त्यस अवसरमा अर्थमन्त्री रामेश्वरप्रसाद खनाल, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङ, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हा र सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेललगायतको उपस्थिति थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.