रामनगर – ५ का वडा सदस्य यादवको निधनले पालिकामा शोक बिदा

डिसी नेपाल
२१ मंसिर २०८२ ९:३१
52
Shares

सर्लाही । सर्लाहीको रामनगर गाउँपालिका – ५ का वडा सदस्य राम सुवेश राय यादवको निधन भएको छ। लामो समयदेखि क्यान्सर पिडित रहेका यादवको शनिबार अपरान्ह आफ्नै घरमा निधन भएको पालिकाले जनाएको छ।

यादव केही समयअघि भारतको दिल्लीमा उपचार गराई घर फर्किएका थिए। स्वास्थ्य अवस्था कमजोर बन्दै गएपछि पुनः भरतपुर चितवनमा उपचार गरिएको थियो। उपचारपछि घर फर्किएका यादवको शनिबार अपरान्ह घरमै निधन भएको हो।

महतोको निधनप्रति शोक व्यक्त गर्दै पालिकाले आईतबार मंशिर २१ गते एक दिन शोक बिदा दिने निर्णय गरेको छ। पालिकाका अनुसार गाउककंपालिका तथा अन्तर्गतका वडा कार्यालय, स्वास्थ्य संस्था (आकस्मिक सेवा बाहेक), विद्यालय र अन्य संघ–संस्थाहरू बन्द रहने छ।

गाउँपालिकाले उनको योगदान सदैव स्मरणीय रहने उल्लेख गर्दै परिवारलाई धैर्यधारण गर्ने शक्ति मिलोस् भन्ने कामना गरेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.