मुख्यमन्त्री यादवले २४ गते विश्वासको मत लिने, आज मन्त्रिमण्डल गठन गर्ने तयारी

डिसी नेपाल
२१ मंसिर २०८२ १२:२३
44
Shares

धनुषा।  मधेस प्रदेश सरकारका नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। प्रदेश प्रमुख कार्यालयमा आयोजित एक कार्यक्रममा प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले नवनियुक्त मुख्यमन्त्री यादवलाई  शपथ  गराएका हुन्।

यसैबीच नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवले यही मंसिर २४ गते विश्वासको मत लिने तयारी गरेका छन्।

आज बसेको सत्तापक्षीय सातदलीय गठबन्धनले बैठकले विश्वासको मत लिने निर्णय गरेको जसपाका प्रमुख सचेतक रामअशीष यादवले जानकारी दिए।

यही मंसिर १९ गते नेपाली कांग्रेसबाट मुख्यमन्त्री नियुक्त भएका यादवले आज मन्त्रिमण्डल गठन गर्ने तयारी गरेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *