नाइट क्लबमा सिलिन्डर विष्फोट हुँदा भारतमा २५ जनासहित चार नेपालीको मृत्यु
नयाँ दिल्ली । भारतको गोवास्थित नाइट क्लबमा आगलागीमा परी मृत्यु भएका २५ जनामध्ये चार जना नेपाली रहेको खुलेको छ। मृत्यु भएका चारै जना उक्त क्लबमा कार्यरत रहेको गोवा प्रहरीले जनाएको छ।
मृत्यु हुनेमा चूर्णबहादुर पुन, विवेक कटवाल, सुदीप र सविन पहिचान खुलेको प्रहरीले जनाएको छ। चारैजनाको पोस्टमार्टम रिपोर्ट आइसकेको र गोवाको अस्पतालमा शव राखिएको प्रहरीको भनाइ छ।
गोवा सरकारले नयाँ दिल्लीस्थित नेपाली राजदूतावासँग सम्पर्क गरी चारै शवलाई नेपाल पठाउन समन्वय भइरहेको गोवा पुलिसले जनाएको छ। उनीहरू कुन जिल्लाका हुन् खुल्न बाँकी छ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment