टेम्केमैयुङका कृषि उत्पादनको काठमाडौंमा प्रदर्शनी
भोजपुर। टेम्केमैयुङ गाउँपालिकाले आफ्ना स्थानीय उत्पादनलाई देश–विदेशमा चिनाउने उद्देश्यसहित राजधानी काठमाडौंमा विशेष प्रदर्शनी आयोजना गरेको छ।
स्थानीयस्तरमा उत्पादन हुने कृषि, खाद्य तथा परम्परागत सामग्रीको बजार विस्तार र वृद्धि गर्न बत्तिसपुतलीस्थित अनुपम फुडल्यान्डमा ‘टेम्केमैयुङ स्थानीय उत्पादन प्रदर्शनी’ राखिएको हो।
गाउँपालिका अध्यक्ष सरोज बस्नेतका अनुसार टेम्केमैयुङमा उत्पादन भइरहेका कृषि वस्तु, स्थानीय परिकारबारे राजधानीका उपभोक्ता, व्यापारी तथा सम्भावित लगानीकर्तालाई जानकारी गराउने मुख्य उद्देश्य रहेको छ।
प्रर्दशनीमा फापरको पीठो, भटमासको किनिमा, मौरीको मह, कादोको पीठो, मकैको चामल, सुन्तला, किवी, एभोकाडो, स्थानीय चिया, अकबरे खुर्सानी, सिस्नोको फूललगायत गाउँपालिकाका पहिचानयुक्त उत्पादन प्रदर्शित गरिएको अध्यक्ष बस्नेतले बताए।
स्थानीय कृषकलाई बजारमा प्रत्यक्ष पहुँच दिने र टिकाउ उत्पादन प्रणालीलाई प्रोत्साहन गर्ने उद्देश्यसहित प्रदर्शनीले महत्वपूर्ण प्रभाव पार्ने अपेक्षा गरिएको छ। यस्ता उत्पादनको माग बढ्दै गएकाले गुणस्तरीय उत्पादनमार्फत गाउँपालिकालाई कृषिमा आधारित समृद्धितर्फ अघि बढाउन सम्भावना देखिएको गाउँपालिकाले जनाएको छ। रासस
No ads found for this position


डिसी नेपाल
Facebook Comment