नेतृत्व परिवर्तन नगरेसम्म देश अघि बढ्न सक्दैन : हर्क साम्पाङ

डिसी नेपाल
२२ मंसिर २०८२ १६:५१

काठमाडौं । श्रम संस्कृति पार्टीका सभापति एवं धरान उपमहानगरपालिकाका मेयर हर्कराज साम्पाङले नेतृत्व परिवर्तन नगरेसम्म देशलाई अघि बढाउन नसकिने बताएका छन्।

सोमबार काठमाडौंको सिफलमा पार्टीले आयोजना गरेको कार्यक्रममा साम्पाङले स्पष्ट भिजन नभएका नेताहरुले पटक पटक देशको नेतृत्व गरेका कारण मुलुक अघि बढ्न नसकेको भन्दै देशलाई अघि बढाउन स्पष्ट भिजनसहितको नेतृत्व आवश्यक पर्ने बताए।

देशलाई कस्तो नेतृत्व दिनुपर्छ भन्ने बिषयमा गहन बहस गर्नुपर्ने अवस्था देखिएको उनले बताए। साम्पाङले देश बनाउनु भन्दा आफ्नै घर बनाउन केन्द्रीत भएका नेताहरूले स्वार्थका कारण असमान सन्धी सम्झौता गरेको आरोप समेत लगाए।

उनले श्रम संस्कृति पार्टीले देशका युवाहरुलाई देशमा नै परिचालन गरेर विकास गर्ने नीति लिएको धारणा राखे। साम्पाङले श्रम संस्कृति पार्टीले बहुमत प्राप्त गरेर देश चलाउन पाएको अवस्थामा पाँच वर्षभित्र कायापलट गर्न नसके नागरिकता त्यागेर शरणार्थी हुने घोषणा गरे।

उनले भ्रष्टाचार गर्ने नियतका साथ कोहि पार्टीमा आएको भए तत्काल छाड्न चेतावनी समेत दिए।

 

 

 

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *