नेपालगन्जको ‘कस्मेटिक’ गोदाममा आगलागी

डिसी नेपाल
२२ मंसिर २०८२ २०:४४
36
Shares

नेपालगन्ज। नेपालगन्ज उपमहानगरपालिका–२ स्थित घरबारी टोलमा रहेको एक ‘कस्मेटिक’ गोदाममा आगलागी भएको छ ।

अकबर अलीले सञ्चालन गरेको कस्मेटिक सामानको गोदाम अजाज सप्लायर्समा आज बेलुका आगलागी भएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रमेश विष्टले दुई वटा दमकल प्रयोग गरेर आगो निभाइएको बताए । आगलागीको कारण पहिचान गर्न अनुसन्धान भइरहेको उनले जानकारी दिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.