चिसो बढ्यो, काठमाडौंको बिहानी तापक्रम ५ डिग्री

डिसी नेपाल
२४ मंसिर २०८२ ११:०३
28
Shares

काठमाडौं । काठमाडौं उपत्यकाको बिहानी न्यूनतम तापक्रम ५.५ डिग्री सेल्सियस पुगेसँगै चिसो बढेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहान ८:४५ बजेको मापनमा उपत्यकाको न्यूनतम तापक्रम ५.५ डिग्री सेल्सियसमा झरेको थियो। आज बिहान ५:४५ बजेको मापनमा उपत्यकाको न्यूनतम तापक्रम ६.० डिग्री सेल्सियस रहे पनि पछि तापक्रम झरेर ५.५ पुगेको हो।

हिजो मंगलबार भने काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ६.२ डिग्री सेल्सियस थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.