चिसो बढ्यो, काठमाडौंको बिहानी तापक्रम ५ डिग्री

डिसी नेपाल
२४ मंसिर २०८२ ११:०३
36
Shares

काठमाडौं । काठमाडौं उपत्यकाको बिहानी न्यूनतम तापक्रम ५.५ डिग्री सेल्सियस पुगेसँगै चिसो बढेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहान ८:४५ बजेको मापनमा उपत्यकाको न्यूनतम तापक्रम ५.५ डिग्री सेल्सियसमा झरेको थियो। आज बिहान ५:४५ बजेको मापनमा उपत्यकाको न्यूनतम तापक्रम ६.० डिग्री सेल्सियस रहे पनि पछि तापक्रम झरेर ५.५ पुगेको हो।

हिजो मंगलबार भने काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ६.२ डिग्री सेल्सियस थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *