आज आइतबार, झन् घट्यो सुन-चाँदीको भाउ, तोलाको कति ? हेर्नुहोस्

डिसी नेपाल
२९ भदौ २०७६ ११:२२

काठमाडौँ । आज (आइतबार) पनि नेपाली बजारमा सुनको भाउ झन् घटेको छ । बिहीबार र शुक्रबार तोलामा २ २ सय रुपैयाँ घटेको सुनको भाउ आज तोलामा ४ सय रुपैयाँ घटेको हो ।

आज छापावाल सुन प्रतितोला ७० हजार २ सय तथा तेजावी सुन प्रतितोला ६९ हजार ९ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। शुक्रबार छापावाल सुन प्रतितोला ७० हजार ६ सय तथा तेजावी सुन प्रतितोला ७० हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।

आज सुनको भाउसँगै चाँदीको भाउ पनि घटेको छ । आज चाँदी प्रतितोला ८ सय ४० रुपैयाँमा कारोबार भईरहेको छ। शुक्रबारबार चाँदी ८ सय ७० रुपैयाँमा कारोबार भएको थियो।

काठमाडौँ र उपत्यका आसपासका केही स्थान बाहेकका जिलामा भने सुनचाँदीको भाउ केही बढी पर्न सक्ने छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *