पर्सा प्रहरीद्वारा ७६ हजार १७० पिस ट्रमाडोलसहित चार जना पक्राउ

डिसी नेपाल
२६ मंसिर २०८२ २२:३१
36
Shares

वीरगञ्ज । पर्सा प्रहरीले लागूऔषध ७६ हजार १७० पिस ट्रमाडोल हाइड्रोक्लोराइड क्याप्सुलसहित चार जनालाई पक्राउ गरेको छ। मङ्गलबार विशेष सूचनाको आधारमा वडा प्रहरी कार्यालय श्रीपुरबाट खटिएको टोलीले लागूऔषधसहित चार जनालाई पक्राउ गरेकामा आज सार्वजनिक गरेको हो।

वीरगञ्ज महानगर–१५ स्थित प्रतिमाचोकस्थित टिकट काउन्टर अगाडि रोकी राखेको बागमती प्रदेश ०८–०००१ ज ०११७ नम्बरको सार्वजनिक विद्युतीय गाडीबाट सो परिमाण बराबरको लागूऔषधसहित चार जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरीका प्रवक्ता राजु कार्कीले जानकारी दिए।

उनका अनुसार वीरगञ्ज महनगर–२४ रामगढवाका २० वर्षीय युवराज पटेल, सोही ठाउँका २१ वर्षीय अफजल देवान, बेनिघाट रोराङ गाउँपालिका–६ का रामहरि मगर र सिदलेख गाउँपालिका–७ का राजकुमार मगराति पक्राउ परेका छन्।

पर्सा प्रहरीले पक्राउ परेका चारै जनाविरुद्ध जिल्ला अदालतबाट लागुऔषध कसुरमा सात दिनको म्याद थप गरेर अनुसन्धान गरिरहेको जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.