किरात समुदायले मनाए उधौली साकेला पर्व
काठमाडौं । किरात राई यायोक्खा काठमाडौँ जिल्ला कार्यसमितिको आयोजनामा आज यहाँस्थित टुँडिखेलमा उधौली साकेला पर्व मनाइएको छ।
त्यस अवसरमा किराती समुदायका मौलिक वेशभूषामा सजिएका सहभागीले आफ्ना सांस्कृतिक परम्परा झल्काउने साकेला नृत्य शिली प्रस्तुत गर्दै आपसमा शुभकामना साटासाट गरेका थिए।
यस अवसरमा किरात यायोक्खाले विभिन्न सांस्कृतिक कार्यक्रम आयोजना गर्दै आएको छ। किरात समुदायले वैशाख पूर्णिमामा उभौली पूजा गरी खेतीपातीका लागि आशीर्वाद माग्ने र उधौलीमा सफल बालीका लागि भगवान्लाई धन्यवाद दिँदै साकेला नाच्ने परम्परा छ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment