विपद् व्यवस्थापन प्रभावकारी बनाउन ‘स्वयंसेवक तालिम’

डिसी नेपाल
२७ मंसिर २०८२ २०:३०
44
Shares

काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले विपद् व्यवस्थापन प्रभावकारी बनाउने उद्देश्यले विभिन्न स्थानीय पालिकाका प्रतिनिधिलाई तालिमको आयोजना गरेको छ । प्राधिकरणणले आजदेखि ‘विपद् स्वयंसेवक परिचालन आधारभूत तालिम पाठ्यक्रम-२०८१’ बमोजिम काठमाडौँमा सात दिने स्वयंसेवक तालिम सुरु गरेको हो।

काठमाडौको शङ्खरापुरमा आयोजित तालिम उद्घाटन गर्दै प्राधिकरणका कार्यकारी प्रमुख इञ्जिनियर दिनेश भट्टले विपद्का घटना हुँदा सबैभन्दा पहिले पुग्ने स्थानीयबासिन्दा तथा जनप्रतिनिधि भएकाले उनीहरूलाई तालिम दिँदा प्रतिकार्य प्रभावकारी हुने धारणा राखे। यस किसिमको तालिमले विपद् उद्धार प्रभावकारी हुने बताउँदै उहाँले आगामी दिनमा सबै स्थानीय पालिकामा तालिम दिने जानकारी दि

भट्टका अनुसार तालिममा धनुषाको सहिदनगर नगरपालिका र सबैला नगरपालिकाका छ जना महिला र १८ जना पुरुषको सहभागिता छ। प्राधिकरण, सहिदनगर र सबैला नगरपालिकाको संयोजन र तत्पर परियोजनाअन्तर्गत प्लान नेपाल तथा सामाजिक विकास र अनुसन्धान केन्द्रको सहसंयोजन तथा जलवायु उत्थानशील इञ्जिनियरिङ्गको प्राविधिक सहयोगमा तालिम सुरु भएको हो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *