तोकिएको समयमा निर्वाचन हुनैपर्छ : नेता निधि

डिसी नेपाल
२८ मंसिर २०८२ १७:१४
32
Shares

रौतहट। नेपाली कांग्रेसका पुर्व उपसभापति बिमलेन्द्र निधिले अहिलेको प्रधानमन्त्रीको जिम्मेवारी तोकिएको समयमा निर्वाचन गराउनु रहेको बताएका छन्। बाराको कलैयामा आइतबार आयोजित बिस्तारित बैठकमा बोल्दै उनले यो सरकारको मुख्य जिम्मेवारी फागुन २१ निर्वाचन गराउनु नै रहेको दावी गरेका हुन्।

‘यो सरकार तोकिएको समयमा निर्वाचन गराउन केन्द्रित हुनुपर्छ, उनले भने,अल्पकालीन वा दीर्घकालिन काम वा योजनाहरुमा लाग्नु भएन।’ चुनावी वातावरण बिग्रार्न कसैले उपयोग गर्छ भनेपनि त्यसतर्फ नलाग्न उनले प्रधानमन्त्रीसँग अनुरोध गरे।

पूर्व उपप्रधानमन्त्री समेत रहेका निधिले यसपालिको निर्वाचन संविधान र लोकतान्त्र रक्षाका लागि भएको बताए। अहिले चुनावको उदेश्य फरक रहेको बताउँदै उनले यो चुनाव कुनै पार्टीलाई बहुमत वा अल्पमत दिनका लागि नभएको बिचार राखे। जेनजी आन्दोलन र त्यसपछिको घटना क्रमले संविधान, लोकतान्त्र वा प्रणालीमा क्षति गरेकाले यसको मर्मतका लागि चुनाव महत्त्वपूर्ण रहेको उनले उल्लेख गरे।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *