एमालेले उम्मेदवारी दर्ता शुल्क तोक्यो, कुन पदको कति?

डिसी नेपाल
२९ मंसिर २०८२ १५:११
1.2k
Shares

काठमाडौं । नेकपा एमाले विभिन्न पदमा उम्मेदवारी दर्ता शुल्क तोकेको छ। एमालेले अध्यक्षको उम्मेदवारी दर्ता शुल्क १५ हजार तोकिएको हो।

पदाधिकारीहरू र केन्द्रीय आयोगका अध्यक्षका लागि १० हजार तोकिएको छ। केन्द्रीय सदस्यहरू र आयोगका पदाधिकारीका लागि ५ हजार तोकिएको छ।

नयाँ नेतृत्वका लागि वर्तमान अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल प्रतिस्पर्धामा छन्। पोखरेलले उम्मेदवारीसमेत दर्ता गराइसकेका छन्।

एमालेले आगामी कार्यकालका लागि १९ जना पदाधिकारीको व्यवस्था गरेको छ। पदाधिकारी सबै पदमा निर्वाचन हुने पक्का भएको छ।

मतदान पुस १ गते मंगलबार बिहान ११ देखि साँझ ६ बजेसम्म गर्ने कार्यतालिका छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *