जनताको दूत भएर सेवा प्रवाह गर्न गृहमन्त्री अर्यालको आग्रह

डिसी नेपाल
२९ मंसिर २०८२ २१:१६
24
Shares

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले वर्तमान सरकार गैर दलीय भएकाले सम्पूर्ण सुरक्षा सङ्गठन र निजामती प्रशासनले आफ्ना सेवा प्रवाह गर्दा जनताकै दूत भएर काम गर्न आग्रह गरेका छन्।

आज गण्डकी प्रदेशस्तरीय सुरक्षा गोष्ठीको समापनमा मन्त्री अर्यालले भने, ‘हाम्रो सेवा प्रवाहमा पहिलेभन्दा अझै बढी रफ्तार र सेवा भावको भावना झल्किने गरी काम गर्न सके मात्रै जनताले चाहेको सुशासन र भ्रष्टाचार मुक्त समाजको परिकल्पना गर्न सकिन्छ।‘

जेनजी पुस्ताले गरेको आन्दोलन सुशासनकै लागि गरिएको आन्दोलन भएको र राज्यको तर्फबाट भएको कमीकमजोरीले नै यो अवस्था सिर्जनाको भएको उनको भनाइ छ।

अब पनि कुनै बहानामा जेनजीको आन्दोलन र सडक सङ्घर्षलाई नजरअन्दाज, अवमूल्यन गर्ने होभने पुनः त्यस्ता घटनाको पुनरावृत्ति नहोला भन्न नसकिने उनले बताए। यसै आन्दोलनले गर्दा अब नवपुस्ताको राजनीतिमा मूल प्रवाहीकरण हुँदै जाने विश्वाससमेत उनले व्यक्त गरे।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *