कविता : जीवन सपना
जीवन सपना सब टुटी गयो
एकप्रेम थियो त्योपनि छुटी गयो
माया प्रेम कहाँ गयो हुरीले उडाइ लग्यो
जीवन सपना सब टुटी गयो
रोइ रोइ बस्ने अब जीवन नै रह्यो
एक चोटी बिर्सने मन मेरो थियो
तर सयौं बार सम्झना रही रह्यो
को हौ तिमी कस्ती छौ सम्झना कुनै रहेन
एक बार हँसाइ सौ बार रुवाउने तिमी देखिएन
दुःखको आँधीले बोली मेरो फुटेन
मनमा फेरि तिम्रो सम्झना छुटेन
आँखामा आँसुका दाना सम्झनामा खसी रह्यो
अमिट प्रेमको सपना सपनामा नै रही रह्यो
सपना नै हो कि त बिपना नै हो, या
प्रेमको गहिरो निन्द्रामा रहेको तन्द्रा हो
मलाई नसोध प्रेमको सीमाको यो पर्खाल
कहाँ गइ भत्किने हो यो प्रेमको दरवार
न छुटोस् यो प्रेमको लहर सपना नै भएपनि
हाम्रो भेट होस् नहोस् बिपना नै भएपनि
हाम्रो भेट होस् नहोस् बिपना नै भएपनि
बर्सात
आयो घोडा चढी बादल माथि नीलो आकासमा
गर्जदै असिना बोक्दै र झार्दै तल धर्तीमहा
सारा फोहोर बढारिन्छ एक ठाउँमा मुजा परी
झुकेका रुखका हाँगा भाँची जान्छन् धुजाभइ
बर्सेका छन् असीना गुच्चा साना शिशाहरु
फुट्यो कि शिरको टुप्पोझैं भएका भावनाहरु
दौडा दौड छ त्यो बाटोमा मानिसहरुको भिड
फर्की फर्की कुदेर हेर्दै के हो त्यो दिनको पिर
छाता छैन हातमा बर्साती पनि कुनैपनि
हातको रुमाल पुछ्ने साथमा जे भएपनि
एकै छिनमा फेरि घाम लाग्यो हर्हरी
हुरीले भाँचियो होला तारका लहरापनि
बिजुली छैन घरमा उज्यालो घामको पनि
के गरि बसने होला यो अन्धकारको मुनि
जाउँ त कहाँ जाउँ सुन सान छन् सब
बर्सातको मौसम छ थरथरी काँपदछन् खुब
इश्वरको सृष्टिमा हेर जाडो गर्मी दुबैथरी
मिलाई उनले दिन्छन् सबैलाई हुने गरि
कसैको बसमा छैन झरी घाम हुने कुरा
प्रकृति नै हो मालिक हुने नहुने सबैकुरा।
दोषी चस्मा
दुई आँखा दुई दृष्टि दोषी चस्मा मेरो सृष्टि
सबै देख्छु सबै बुझ्छु सबै म जान्दछु
तरपनि म सबैको अगाडि अधुरो नै रहन्छु
कतिपय दृश्य कतिपय रंग सबै धुन्धला र भ्रम
दोषी चस्मा मेरो साथी सबै दोष देखाउँछ
तर सत्यलाई खोइ किन हो कुन्नि छोपिदिन्छ
दोषी चस्माले सत्यलाई छोप्छ र झुटलाई देखाउँछ
झुठो मनले सबै जुठो हाली सत्यलाई गिज्याउँछ
कालो रातो हरियो देखने चस्मा किन चाहियो
चस्मा दोषी नै देखने त्यो चस्मानै किन चाहियो
आँखाको नानीमा हेर देखिन्न रंगिन कहीँपनि
चस्मा लगाई त्यो हेर देखिन्छ रंगिन जहीँपनि
किन चाहियो त्यो चस्मा दोषी देखिने सबैतिर
दृष्टि नै दोषी भएमा देखिन्छ झुट सबैतिर
चस्मा भित्रको आँखा सबै दोषी हुने भए
छोड चस्मा आजदेखिनै सबै सत्य देखिने भए
असन्तुलन सृष्टि
बनाउनेले सृष्टिमा असन्तुलन किन गर्याे
सयौं सुख भइपनि हजार दुख किन हुनु पर्याे
यो सृष्टि कसरी भयो कसलाई के थाह छ
बुझेर हेर मात्र यो सृष्टि एकदम अचम्म छ
पर्खेर हेर्नमात्र गाहारो छ बुझ्न चाहिँ जरुरी छ
उज्यालो छर्ने सूर्य किन पश्चिममा अस्ताउँछ
शितल शान्ति दिने चन्द्रमा आधिमात्र उदाउँछ
त्यो झलमल्ल उदाउने सूर्य रातमा किन मौन छ
बत्ति नै बालेपनि किन मुनि अँध्यारो छाउँछ
दिनमा तापले पग्लिने सूर्य साँझमा ओइलाउँछ
सुवास छर्ने फूलहरुमा काँडा गइ किन बस्तछ
सुखीको परिवारमा त्यो दुख आई किन लुक्दछ
फुलेका गुलाबका फूल ओइली किन झर्दछ
प्रेमको सरितामा आगो दन्दनी किन बल्दछ
करुणा दया प्रेमको बदलामा रगत किन बग्दछ
मनमा उठेका धेर आशा खरानी किन बन्दछ
जन्मेका सब मर्नेछन् बाँच्ने छैनन् कुनैपनि
मरेका फेरि जन्मिनेछन् फेरि यो संसारमा जुनैपनि
यसरी तलमाथि नभए दम्भ बढ्नेछ सबै महाँ
अजम्बरी सधैं बाच्ने धोको बढ्नेछ मन महाँ
नगर प्रश्न यसरी दम्भ र अज्ञानी हुनेगरी
नभए आउनेछ आकास धर्तीमा ठक्कर खानेगरी
नसोध किन यस्तो भो यो हो इश्वरको लिला
अहिलेको मात्र होइन निरन्तर छ बिगतदेखिको क्रिया
बुझे श्वर्ग यहीँ नै छ, नबुझे अन्धकार छ
स्वर्ग नर्क दुवै हेर्ने परमात्मा सिर्फ एक छ
सृष्टिमा भिन्न कहीँ छैन दोष दृष्टि एक छ
ज्ञानीका दृष्टिमा सबै दु:ख सुख समान छ।
बिचार बिज्ञान
विचार बिज्ञानको शक्ति अति माहान छ
मष्तिस्कको गहिराइमा छुपेको यो ज्ञान छ
बिचार मनको इच्छा लाखौँ चोटी जन्मिन्छ
यही मनको हजारौं इच्छा भित्र नै मरिहाल्द्छ
बिचारले नै बनाउँछ बिचारले नै बिगार्दछ
जीवनको गति र लक्ष्य बिचारले नै ठम्याउँछ
बिचारले नै सृष्टि गर्छ विचारलेनै स्थिति गराउँछ
बिचारले नै बिचारको जन्म दिलाउँछ
बिचारले नै मानिसको अन्त गराउँछ
बिचारले नै मानिसलाई असभ्य बनाउँछ
बिचारले नै मानिसलाई सभ्य बनाउँछ
बिचारको शक्ति जीबनमा असीमित छ
जीवनको हरेक पहलुमा ठूलो प्रभाव छ
बिचारलाई विज्ञानमा लगी हेर्ने गर
मष्तिस्कको प्रणालीको खोज गर्ने गर
बिचारले नै जीवनको दिशा तय गर्छ
बिचारले नै आध्यात्मिक उन्नति गर्छ
बिचारलाई केलाउ,छान र निचोड निकाल
विचारबाट मह काढ र जीवन मधु बनाउ
विचार विज्ञानको ज्ञानले जीवलाई दिन्छ
नयाँ दिशा र दर्शन
बिचारको शक्तिले जीवनलाई दिलाउँछ सुखी
यसैले नै जीवनलाई बनाउँछ आनन्द मुखी
यसैले नै जीवलाई बनाउँछ आनन्द मुखी
हरि ओम तत्सत
















Facebook Comment