बकैयामा ट्याक्टर दुर्घटना : दुई मजदुरको मृत्यु, १९ जना घाइते
हेटौंडा । मकवानपुरको बकैया गाउँपालिका–७ अन्तर्गत पर्ने फास्टट्र्याकमा मंगलबार दिउँसो ट्याक्टर दुर्घटना हुँदा दुई मजदुरको ज्यान गएको छ। दुर्घटनामा १९ जना घाइते भएका छन्।
लु ५ त १७४ नम्बरको ट्रयाक्टर अनियन्त्रित भई दुर्घटना हुँदा केशवलाल माझी र सन्तलाल माझीको ज्यान गएको हो।
खाना खाएर अधेरीस्थित फास्टट्र्याकतर्फ गइरहेका बेला ट्याक्टर दुर्घटनामा परेको प्रहरीले जनाएको छ।
२१ जना सवार ट्याक्टरमा दुई जनाले ज्यान गुमाउँदा १९ जना घाइते भएका छन्। घाइते ६ जनाको हेटौंडा अस्पताल र १३ जनाको चुरेहिल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर छ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment