चितुवाको आक्रमणबाट एक जनाको मृत्यु

डिसी नेपाल
२ पुष २०८२ १७:५७
36
Shares

बर्दिया। बर्दियाको बारबर्दिया नगरपालिका वडा न. १० मा चितुवाको आक्रमणबाट एक युवाको मृत्यु भएको छ। मृत्यु हुनेमा बारबर्दिया नगरपालिका वडा न. १० सेम्रवा बस्ने ३२ वर्षिय दिनेश चौधरी रहेका छन्।

बारबर्दिया नगरपालिका वडा नं १० पेरहवा चटिया सामुदायिक वनमा शौच गर्न जाँदा चितुवाले आक्रमण गरेपछि युवाको मृत्यु भएको डिभजन वन कार्यालय बर्दियाका वरिष्ठ वन अधिकृत रामगोपाल चौधरीले बताए।

श्रमदान गर्ने क्रममा शौच लागेपछि दिउँसो करिब एक बजे सामुदायिक वन तर्फ गएका चौधरी नफर्केपछि खोजविन सुरु भएको थियो। चितुवाले आक्रमण गरेको आशंकामा स्थानीय र प्रहरीको टोलीले खोजविन गर्दा सामुदायिक वन भित्र उनको शव फेला परेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायव उपरिक्षक देवेन्द्र बहादुर मल्लले बताए। उनले शव क्षतविक्षत अवस्थामा फेला परेको बताए हाल शव घटनास्थल मै रहेको उनको भनाई छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *