बिहीबार कस्तो रहला देशभरको मौसम?
आज हिमाली भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सफा रहने
काठमाडौं। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव रहेको छैन।
जसका कारण हाल देशभर मौसम मुख्यतया सफा रहने छ।
महाशाखाका अनुसार आज दिउँसो कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत बाँकी हिमाली भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ। यस्तै, महाशाखाका अनुसार आज राती पनि देशभरको मौसम मुख्यतया सफा रहने छ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment