स्वतन्त्र र निष्पक्ष निर्वाचनका लागि शिक्षकलाई केन्द्रमा राख्दै निर्वाचन आयोगको नयाँ स्रोत पुस्तिका

डिसी नेपाल
३ पुष २०८२ ८:३९
48
Shares

काठमाडौं । स्वतन्त्र, निष्पक्ष र सचेत मतदान सुनिश्चित गर्न निर्वाचन आयोगले सामाजिक अध्ययन शिक्षकलाई लक्षित गर्दै नयाँ निर्वाचन शिक्षा स्रोत पुस्तिका सार्वजनिक गरेको छ ।

‘निर्वाचन शिक्षा तथा सूचनाको विस्तार स्वतन्त्र र निष्पक्ष निर्वाचनको पूर्वाधार’ नारासहित तयार गरिएको निर्वाचन शिक्षा स्रोत पुस्तिका, २०८२ आयोगले आफ्नो वेबसाइटमार्फत सार्वजनिक गरेको हो।

नागरिकमा लोकतान्त्रिक चेतना अभिवृद्धि गर्ने उद्देश्यले तयार पारिएको उक्त पुस्तिकामा शिक्षकको भूमिका विशेष रूपमा समेटिएको छ। पुस्तिकाले विद्यालय तहबाटै लोकतन्त्र, संविधान, निर्वाचन प्रणाली र नागरिक कर्तव्यबारे विद्यार्थीलाई व्यवस्थित रूपमा बुझाउने आधार तयार गर्ने आयोगको विश्वास छ।

सात परिच्छेदमा विभाजित स्रोत सामग्रीमा लोकतन्त्र र संविधानदेखि निर्वाचन चक्र, मतगणना, नोटा (नो भोट), निर्वाचन आचारसंहिता, कानुनी व्यवस्था तथा निर्वाचन प्रक्रियामा सरोकारवालाको भूमिकासम्मका विषय समेटिएका छन्।

विशेषगरी अन्तिम परिच्छेदमा शिक्षकले निर्वाचन शिक्षा र सूचना प्रवाहमा खेल्ने भूमिकालाई स्पष्ट गर्दै विद्यार्थीलाई निर्वाचन शिक्षा तथा सूचना केन्द्रको भ्रमणमार्फत व्यवहारिक ज्ञान दिन सकिने व्यवस्था उल्लेख गरिएको छ।

आयोगका अनुसार यस स्रोत पुस्तिकाले दीर्घकालीन रूपमा सचेत मतदाता उत्पादन गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *