भेप तान्नुहुन्छ ? यस्तो छ यसको खतरनाक स्वास्थ्य असर

डिसी नेपाल
४ पुष २०८२ १२:३५
236
Shares

काठमाडौं। पछिल्लो समय नेपालमा अधिकांश युवा पुस्ताले भेप अर्थात ई–सिगरेट अत्यधिक रुपमा प्रयोग गर्ने गरेको पाइएको छ। भेपलाई चुरोटको विकल्पका रूपमा लिनका साथै सोख र फेसनका रूपमा पनि पिउँने गरेका छन्। तर धेरैजसो भेप पनि चुरोटजत्तिकै हानिकारक हुन्छ भन्ने विषयमा अनविज्ञ रहेको पाइएको छ।

क्यान्सर विशेषज्ञ समीम अख्तरका अुनसार भेपले पनि हाम्रो स्वास्थ्यलाई चुरोटले जति नै असर गर्ने गर्दछ। उनले भेपले फोक्सो, स्वासनली र मुखको पनि क्यान्सर गराउने सम्भावना प्रबल रहेको बताए ।

उनले भने, ‘हामीले जुन हिसाबले भनिरहेका छौँ, यसले हानी गर्दैन अथवा चुरोटभन्दा कम हानी गर्छ । यो सब गलत चिज हो । भेपले तपाईको फोक्सो, स्वासनली र मुखको पनि क्यान्सर गराउने सम्भावना प्रबल हुन्छ ।’

उनले थपे,‘भेपभित्र जुन पदार्थहरु प्रयोग भएको हुन्छ अर्थात केमिकलहरु हेभी मेटल्स हुन्छ । बास्ना दिनको लागि फर्मल्डिहाइड अनि एसिटाइलजस्ता केमिकलहरु प्रयोग भएको हुन्छ । अन्य अखाद्य पदार्थहरु पनि प्रयोगशालामा बनाएर त्यो भेप सोलुसन दिएको हुन्छ ।’

त्यस्तै उनले भेपको धुँवा लिदा श्वासनली, मुख, गिजा, जिब्रो, फोक्सो र फोक्सो भित्रसम्मको मांसपेशीलाई बिगार्ने जोखिम रहेको पनि जानकारी दिए । त्यति मात्र होइन, भेपले डीएनए इकाईमा परिवर्तनसम्म ल्याउने उनको भनाई छ ।

उनले भने,‘भेपको धुँवा लिंदा तपाईंको श्वासनली, मुख, गिजा, जिब्रो, फोक्सो र फोक्सोभित्रसम्मको मांसपेशीलाई ड्यामेज गर्छ । डीएनए भन्ने जुन सानो इकाई हुन्छ, त्यसमा पनि परिवर्तनहरु ल्याइदिन्छ । त्यसैले भेप लिने मान्छेहरुको फोक्सोमा पपकर्न लिसन देखा पर्न सक्छ । जस्तो छातीको एक्सरे लियो भने त्यसमा सेतो सेतो दागहरु दुईटै फोक्सोमा देखापर्न सक्छ ।’

के हो भेप ?

भेप धूमपानको तलतल मेट्ने विद्युतीय उपकरण हो । विद्युतीय चुरोटहरू मुख्य गरी इलेक्ट्रोनिक निकोटिन वितरण प्रणाली र इलेक्ट्रोनिक गैर–निकोटिन वितरण प्रणाली गरी दुई प्रकारका प्रचलनमा रहेको विश्व स्वास्थ्य सङ्गठनले जनाएको छ ।
भेप एक विद्युतीय चुरोट भएकाले यो ब्याट्रीबाट चल्छ । मानिसहरूले यसमा तरल पदार्थलाई सास फेर्न सकिने वाष्पमा तताउन प्रयोग गर्छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.