रवि लामिछानेलाई चितवनबाट सडकमार्ग हुँदै लगियो भरतपुर

डिसी नेपाल
४ पुष २०८२ १७:१३
588
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई चितवनबाट सडकमार्ग हुँदै भैरहवा लगिएको छ।

मौसमको खरावीले भैरहवास्थित गौतमबुद्ध विमानस्थलस्थलमा समयमा नै उडान नभएपछि लामिछानेलाई काठमाडौंबाट भरतपुर बिमानस्थल र त्यहाबाट सडकमार्ग हुँदै भैरहवा लगिएको हो।

भरतपुर बिमानस्थलबाट सडकमार्ग हुँदै भैरहवा जाने क्रममा समर्थकहरूले चितवनमा रविको पक्षमा नारावाजी गरेका थिए । भैरहवा पुगेर आवश्यक कागजी प्रक्रिया पुरा गरेपछि रवि रिहा हुनुहुने बताइएको छ ।

यसअघि बिहीबार उच्च अदालत तुलसीपुरको बुटवल इजलासले रवि लामिछानेलाई जमानतमा रिहा गर्न आदेश दिएको थियो ।

यसैबीच रास्वपाले सभापति लामिछानेलाई थुनामुक्त गर्न दिएको आदेशप्रति सम्मान व्यक्त गरेको छ । पार्टीका कार्यवाहक सभापति डोल प्रसाद अर्यालले शुक्रबार विज्ञप्ती जारी गर्दै विधिको शासन, कानुनी सर्वोच्चता र न्यायिक प्रक्रियाप्रति रास्वपा सदैव प्रतिबद्ध रहेको बताएका छन्।

तत्कालीन निरंकुश सरकारले सुरु गरेको राजनीतिक प्रतिशोधको श्रृङ्खला भएको स्पष्ट भइसकेकोले अहिलेको नागरिक सरकारले आवश्यक कदम चाली यो प्रतिशोधको श्रृङ्खलालाई पूर्णविराम लगाउने विश्वास पार्टीको रहेका विज्ञप्तीमा उल्लेख छ। कानुनी र प्रशासनिक प्रक्रिया पूरा गरी लामिछाने तत्काल पार्टीको मूल जिम्मेवारीमा फर्किने अर्यालले जनाएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.