धर्म सापकोटा राजुको उपन्यास ‘बाहेक’को लोकार्पण
काठमाडौं । उपन्यासकार डा. धर्म सापकोटा राजुको उपन्यास ‘बाहेक’ एक समारोहबीच काठमाडौंमा लोकार्पण भएको छ।
कवि श्यामल, समीक्षकद्वय राजकुमार बानियाँ, सुमन वर्षा र लेखक सापकोटाद्वारा पुस्तक लोकार्पण भएको हो।
‘शरीर मिले पनि मन मिलेको हुँदैन, मन मिले पनि शरीर मिलेको हुँदैन‘ भन्ने यौन मनोविज्ञानमा आधारित उपन्यासमाथि समीक्षक राजकुमार बानियाँले विषय, प्रस्तुति र सन्देशको सुन्दर संयोजनले उपन्यास पठनीय बनाएको बताए।
एउटा नारीले सबै भौतिक सुख प्राप्तिपछि यौनिक चाहनालाई कसरी सन्तुलन मिलाउन सक्दछिन् भन्ने विषय रोचक तथा रहस्य भई उपन्यास रहेको समीक्षक सुमन वर्षाले बताइन्।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment