गीत र टिजरपछि विदेशमा चर्चा, ‘आ बाट आमा’को जापान राइट्स बिक्री

डिसी नेपाल
७ पुष २०८२ १०:२३
28
Shares

काठमाडाैं। चन्द्र पन्त निर्देशित फिल्म ‘आ बाट आमा’को जापान राइट्स बिक्री भएको छ। फिल्मलाई जापानमा फिल्म वितरण गर्दै अएको ओम शान्ति ओम इन्टरटेनमेन्टले खरिद गरेको हो।

जापानका लागि ओम शान्ति ओम इन्टरटेनमेन्टका प्रमुख ईश्वर श्रेष्ठबीच कागजी सम्झौता भएको निर्माण पक्षले जानकारी दिएको छ।

फिल्मका निर्देशक चन्द्र पन्तले जापान राइट्स प्रदर्शन बिक्री गरेको बताए। उनका अनुसार यस अघि नै अस्ट्रेलिया, न्यूजील्याण्ड, युएई,कतार,बहराइन र इजरायल लगायतका देशमा प्रदर्शन अधिकार बिक्री भइसकेको छ।अन्य देशमा पनि फिल्मको प्रदर्शन अधिकार उच्च माग हुन थालेको छ।

आर्या इन्टरटेनमेन्टको प्रस्तुतिमा निर्माण भएको यस फिल्मको गीत र टिजर रिलिजपछि अन्य देशमा पनि उच्च माग बढेको निर्माण पक्षले जनाएको छ।

निर्देशक पन्तकै कथा तथा पटकथा रहेको यस फिल्ममा विपना थापा,पल शाह,प्रदीप रावत,उषा उप्रेती,सिम्रन पन्त,साइग्रेस पोखरेल,गजित बिष्ट,बेगम नेपाली लगायतको मुख्य भुमिका रहेको छ। भने फिल्मको बितरकको जिम्मा आर आर फिल्मसले लिएको छ ।

अभिमन्यू निरवीले लेखेको यो फिल्मको संवादमा अमर न्यौपाने, अभिमन्यू निरवी र चन्द्र पन्तले सहकार्य गरेका छन्। यो फिल्ममा डिओपीमा नवराज उप्रेती रहेका छन् भने फिल्मको संगीतमा कोसिस क्षेत्री, बाबुल गिरी, थानेश्वर गौतमको छ। साथै, कोरियोग्राफी गंभिर बिष्ट र दिलिप ओखेडाको रहेको छ।

फिल्ममा लगानी कृष्ण प्रसाद सुवेदी, ओमकार पन्त, प्रकाशजंग कुँवर, ध्रुवप्रसाद न्यौपाने र क्षितिज ढुंगानाले गरेका छन्। यस फिल्मको कार्यकारी निर्माता करण सिंह रसाली हुन्। फिल्मको ट्रेलर टिजर साहिल खानले काटेका छन् भने ।यो फिल्म आगामी माघ १६ गतेबाट रिलिज हुँदैछ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *