कविता: रुझेको बिरालो
बर्सातको झरीमा रुझेको बिरालो
दौडिन्छ तल माथि र उकालो
भुत्ला देखिन्न जिउमा कहीँपनि
डर र त्रासले घुमिरहेछ जहीँकहीँ
जुँगा बागको जस्तो दुइ चार छ हल्लिने
बागको डमरु जस्तै लुखुर लुखुर दौडिने
आँखा तीखा र कुहिरा धर्का धर्का शरीरमा
ओत खोजी हिँडेकाछन् घर घरका दुलामा
मेरो प्यारो बिरालो तिमी मेरो जीवनको उज्यालो
तिम्रो म्याउलो आवाजले मेरो दिल खुसी हुन्छ
तिम्रो मुलायम रौँ भुवाले मेरो मन मोहित हुन्छ
तिमी मेरो घरको शान्ति मुसाको अशान्ति भाग्छ
आज तिम्रो अवस्था देख्दा दिल मेरो घबराउँछ
तिम्रो लागि म जेपनि गर्न सक्छु साथ् बस्न सक्छु
तिम्रो टुल्टुले आँखाले मेरो दिलमा प्रेम भर्छु
सारा संसारको प्रेम तिमीलाई नै दिन्छु
मानिसको गतिपनि एकताका तिमी जस्तै थियो
तिम्रो मेरो नाता सम्बन्ध के थियो र
तर तिमी जस्तै मानिसको जीवनपनि यस्तै थियो
र त प्रेमले तिमीसँग नाता जोडिए जस्तो भयो
तसर्थ हे बिरालो! तिमी बिरालो, अहो बिरालो!
मेरो प्यारो रुझेको बिरालो मेरो प्यारो रुझेको बिरालो
बिरामी र रोगी
को छ यो संसारमा आज स्वस्थ र निरोगी
बाँचेका सबै छन् यहाँ बनी बिरामी र रोगी
कोही दमले बाँचेका छन् कोही छन् गरिबी
कोही दुखाइले बाँचेका छन् कोही पीडा भइ
कोही मधुमेहको रोगी छन् कोही रक्त चापले
कोही पीडाले बाँचेका छन् कोही आफ्नै तापले
कोही धनले हाँसेका छन् कोही रोएका निर्धनले
कोही परिवारको चापले र कोही आफ्नै कुकर्मले
कोही औषधि खाई बाँचेका छन् बरामी नबनिकन
कोही रोगी भई बसेका छन् औषधि खान नपाइकन
कोही धनी असाद्धै छन् कोहि गरिब भई मागनाले
कोही पसीना पुछी बसेका छन् दिनभरिको थकाइले
कोही अस्पताल बेडमा छन् भोलिदिन आउँछ कि भनी
कोही घाटापनि पुगेका छन्,जीबन समर्पण गरी पनि
छैन क्या, संसारमा यहाँ कोही पुगेर सब भोगले
नभए नि, दौडेका छन् कोही आफ्नै पिर र शाेकले
यो रोग र भोकको जीवनमा छैनन् तन्दुरुस्त कोहीपनि
अघाएका कोही नै छैनन् बिरामी रोगी छन् जुनैपनि
बसेर हेरनु माथि देखिने छ सब छर्लंग
थोरै हाँसेर के गर्नु रोएका छन् सबै सबै
कोही बिरामी नपरुन रोगी झन् कुनैपनि
बसुन् सबैजना हाँसी यो लोकमा जुनैपनि
सबैले बुझी लिउन् जीवननै एक बिमार हो
भने मृत्यु नै बिमारको एकमात्र मुक्ति हो
ज्ञान र बिज्ञान
ज्ञान एक बुद्धिको खानी हो
बिज्ञान कर्मको परिणाम ह
अज्ञानी ज्ञान विज्ञानको शून्य
मुर्ख अन्ध त्यो कहलाउँछ,
ज्ञानको सागरमा डुब्दै जाउँ सधैं
विज्ञानको तालमा मोडी जाउ सधैं
सिधा ज्ञानमा क्यै छैन ज्ञानीमात्र हो सधैं
ज्ञानमा बिज्ञान मिल्दा हामी पाउछौँ सबै
ज्ञान दाहिने आँखा बिज्ञान देब्रे नयन
दुवै आँखाहरु मिल्दा बन्छ ठूलो चयन
जीवनमा आँखा देखाउने ज्ञाननै हो मिठो
बिज्ञानको सोचले आँखा खुल्छ झन् ठूलो
ज्ञान पहिलो पछि बिज्ञान त्यो हुन्न थरी थरी
मोड ज्ञानले लिएमा बिज्ञानले दिन्छ सबै थरी
पढे यो धरतीमा सबैले हिजो आज थरी थरी
गरे सबै थोकको समृद्धि बिज्ञानै प्रयोग गरी
प्रथम ज्ञान नभए बिज्ञान रुन्छ धर धरी्
बिज्ञान ज्ञानको अभाबमा एक्लो छ सधैंभरी
तसर्थ ज्ञान र बिज्ञान दुइ शक्ति महान
बनाउँछन् भविष्य हाम्रो जीबन सुन्दर समान
ज्ञानले दिन्छ दिशा विज्ञानले दिन्छ शक्ति
दुवै मिले जीवनमा आउँछन् खुसी नै खुसी
ज्ञानको दीपाले अज्ञानको अन्धकार हट्छ
विज्ञानको शक्तिले जीवन सुखमय बन्छ
सृष्टि र निर्माण दुवै ज्ञान र विज्ञानले गर्छ
समाज र देशको,उन्नतिमा दुबैको हात हुन्छ
ज्ञान र बिज्ञान मोटरका दुइ चक्का समान्र
दुइ मध्ये एक नभएमा हुँदैन कोही बलबान
दुवै मिले जीवनमा आउँछ दुवै खुसी र शान
बनाउनेछन् हाम्रो जीवन तिनैले सुन्दर समान
विज्ञानले दिन्छ शक्ति ज्ञानले दिन्छ दृष्टि
यसैमा छ यी दुबैको उन्नति र समृद्धि
ज्ञान र विज्ञानको महत्व अति अनमोल छ
राष्ट्र्र र अन्तर्राष्ट्र्मा दुबैको योगदान छ
तसर्थ ग्यान र बिज्ञान दुइ शक्ति समान
यिनै हुन् यो युगको धर्ती र आकास समान
मुना मदनको सार र संक्षेप
मुना मदनको किताबको सारमा प्रेमको प्रसंग छ
दुइ जोडीको प्रेमको नब जीवन संघर्षमय छ
मदन आफ्नो भाग्य बनाउँन ल्हासा जान्छन्
एक्लो मुना रहेर घरमा धुरु धुरु रुन थाल्छिन्
प्रेमको बिछोडको कुरा मुनाको बुझी नसक्नु छ
मायाको वियोगपनि मदनको सही नसक्नु छ
मदनले भोट ल्हासामा दुःख अति सहनु पर्याे
प्रेमको ज्वालामा मुनाको जीबन आखिर जल्यो
मदनले आफ्नी प्रेमिका मुना खोज्दै स्वदेश फर्के
तर मुनाको मदन आउनु अगाडि नै मृत्यु भइसक्यो
मदनको हृदय आखिर भाँचियो, प्रेमको हार भयो
बिचरी मुनाको प्रेमको काहानी अधुरो नै रह्यो
प्रेमको शक्ति छ जीवनमा, तर संघर्ष अघोर छ
मुना मदनको प्रेमको गाथाको कबिता वियोगान्त छ
जीवनमा प्रेम नै हो यसको महत्व अलग छ,
यो मिलन र वियोगको दोभान छ
प्रेमको ज्वालामा मुना आगोमा जल्दछिन्
मदन मुनाको जलेको लासमा घोप्टो परी रुँदछन्
र भन्छन्: कसरी खायो आगोले मुना कमलको शरीर
कसरी खायो आगोले मुना निष्ठुर भई शरीर
म कहाँ पाउँ ती मुनालाई छातीमा लगाउँ
खरानी तिनको मलाइ देउन छातीमा लगाउँ
हे मेरी आमा हेमेरी मुना म याहाँ बस्तिन
म यहाँ अब बस्तिन मुना म यहाँ बस्तिन
पर्दाले ढाक्यो पर्दाले छेक्यो हे मुना मलाई
भेटुँला तिमीलाई श्वर्गमा फेरि ति मुनालाई।
यसरी भयो मुना र मदनको वियोगान्त अन्त्य
यही हो देबकोटाको प्रेम वियोगको अनमोल रत्न
म कसरी पढुँ त्यो मुना मदन छातीमा लगाई
म कसरि सम्झुँ ती देबकोटालाई अगाडि लेराई
असन्तुलन सृष्टि
बनाउनेले सृष्टिमा असन्तुलन किन गर्याे
सयौं सुख भइपनि हजार दुःख किन हुनु पर्याे।
यो सृष्टि कसरी भयो कसलाई के थाह छ
बुझेर हेर मात्र यो सृष्टि एकदम अचम्म छ।
पर्खेर हेर्नमात्र गारो छ बुझ्न चाहीँ जरुरी छ
उज्यालो छर्ने सूर्य किन पश्चिममा अस्ताउँछ।
शितल शान्ति दिने चन्द्रमा आधिमात्र उदाउँछ
त्यो झलमल्ल उदाउने सूर्य रातमा किन मौन छ।
बत्ति नै बालेपनि किन मुनि अँध्यारो छाउँछ
दिनमा तापले पग्लिने सूर्य साँझमा ओइलाउँछ।
सुवास छर्ने फूलहरुमा काँडा गइ किन बस्तछ
सुखीको परिवारमा त्यो दुःख आई किन लुक्दछ।
फुलेका गुलाबका फूल ओइली किन झर्दछ
प्रेमको सरितामा आगो दन्दनी किन बल्दछ।
करुणा दया प्रेमको बदलामा रगत किन बग्दछ
मनमा उठेका धेर आशा खरानी किन बन्दछ।
जन्मेका सब मर्नेछन् बाँच्ने छैनन् कुनैपनि
मरेका फेरि जन्मिनेछन् फेरि यो संसारमा जुनैपनि।
यसरी तलमाथि नभए दम्भ बढ्नेछ सबै महाँ
अजम्बरी सधैं बाच्ने धोको बढ्नेछ मन महाँ।
नगर प्रश्न यसरी दम्भ र अज्ञानी हुनेगरी
नभए आउनेछ आकास धर्तीमा ठक्कर खानेगरी।
नसोध किन यस्तो भो यो हो इश्वरको लिला
अहिलेको मात्र होइन निरन्तर छ बिगतदेखिको क्रिया।
बुझे श्वर्ग यहीं नै छ ,नबुझे अन्धकार छ
स्वर्ग नर्क दुवै हेर्ने परमात्मा सिर्फ एक छ।
सृष्टि भिन्न केही छैन दोष दृष्टि एक छ
ज्ञानीका दृष्टिमा सबै दु:ख सुख समान छ।
















Facebook Comment