शिशिर ठटाल र रेनुकाको नयाँ गीत ‘धुन’ सार्वजनिक
काठमाडौं। गायक तथा मेरो भ्वाइस युनिभर्स पहिलो सिजनका उपविजेता शिशिर ठटालको नयाँ गीत ‘धुन’ सार्वजनिक गरिएको छ। मेरो भ्वाइस युनिभर्सको मञ्चबाट दर्शकको मन जित्न सफल सिक्किमका शिशिर ठटाल यसअघि ‘मन रागिनी’ र ‘मायाको रंग’ जस्ता गीतमार्फत लोकप्रियता हासिल गरिसकेका छन्।
यसपटक उनी ‘धुन’ शीर्षकको गीत लिएर सांगीतिक बजारमा आएका हुन्। गीतमा शिशिर ठटाललाई गायिका रेनुका सुब्बाले स्वरमा साथ दिएकी छन्। उक्त गीतका शब्द, संगीत तथा कम्पोज स्वयं शिशिर ठटालकै रहेको छ।
गीतको म्युजिक प्रोडक्सन फसिल स्टुडियो, काठमाडौँमा गरिएको हो। अडियो मिक्सिङ, मास्टरिङ तथा एडिसनल अडियो डिजाइनको जिम्मेवारी निविर एक्सले सम्हालेका छन्।
भिडियोतर्फ हेर्दा, यसको कन्सेप्ट गायिका रेनुका लिम्बुको रहेको छ। भिडियोमा दीपेश तामाङ, सञ्जिवनी राई मुख्य कलाकारका रूपमा देखिएका छन्, जहाँ उनीहरूको उत्कृष्ट केमेस्ट्री दर्शकले अनुभव गर्न सक्छन्।
फिल्मिङ्गो स्टुडियो युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको गीतको भिडियो निर्देशन मोसिन क्षेत्रीले गरेका हुन्। गीतमा लगानी भने अमोन राईको रहेको छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment