कस्तो रहला मंगलबार देशभरको मौसम?

डिसी नेपाल
८ पुष २०८२ ८:२३
28
Shares

काठमाडौं । देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसका कारण हाल सुदूरपश्चिम प्रदेशमा मौसम मुख्यतया सफा रही बाँकी प्रदेशमा आंशिक बदली रहेको छ । तराईका धेरै स्थानहरूमा हुस्सु लागेको छ।

महाशाखाका अनुसार आज दिउँसो देशभर मौसम मुख्यतया सफा रहने छ। यस्तै, आज राति पनि देशभर मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ।

देशका तराई भूभागमा हुस्सु तथा कुहिरोको प्रभावले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा बिहानको समयमा आंशिक प्रभाव पर्न सक्ने महाशाखाले जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *