डोटी मालपोत कार्यालयमा अनलाइन सेवा शुरु

डिसी नेपाल
३० भदौ २०७६ ९:१७

डोटी । जिल्ला मालपोत कार्यालय डोटीमा आइतबारदेखि अनलाइन सेवा शुरु भएको छ। सेवाग्राहीका अभिलेख कम्प्युटरकृत गरी सुरक्षित राख्ने उद्देश्यले अनलाइन सेवा शुरु भएको हो ।

उक्त सेवा शुरु भएपछि पहिलोपटक केआइसिंह गाउँपालिका–१ कि कृष्णा शाहीलाई अनलाइनमार्फत लालपुर्जा प्रदान गरिएको मालपोत कार्यालय डोटीका प्रमुख प्रेमबहादुर माझीले बताए।

अनलाइनबाट सेवा दिने डोटीको मालपोत कार्यालय देशभरिमै ९२ औँ शाखा कार्यालय हो । सेवाग्राहीको सम्पूर्ण अभिलेख अनलाइन सेवा शुरु गरिएका जुनसुकै मालपोत कार्यालयबाट पनि हेर्न सकिने भूमि व्यवस्थापन तथा अभिलेख विभागका निर्देशक यमप्रसाद सुवेदीले बताए।

उनले भने, “अनलाइन सिस्टममा लालपुर्जा राखिए न हराउने डर, न चोरी हुने डर, कसैले झुक्याएर पनि कारोवार गर्न सक्दैन।” यतिमात्र नभई अनलाइनमा राखिएका आफ्ना कागजात सेवाग्राहीले तिर्नुपर्ने राजश्वबारे हिसाब गर्नसक्ने, कारोवार भए पनि मोबाइलमा जानकारी पाउने व्यवस्था मिलाइएको छ। रासस


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *