पहिरोमा परेर एक्स्काभेटर चालकको मृत्यु
काभ्रे । मंगलबार साँझ ५ः३० बजे काभ्रेको पनौती नगरपालिका वडा नं १२ स्थित रोशीमा ढुंगा उत्खनन गर्ने क्रममा पहिरो झर्दा एक जनाको मृत्यु भएको छ ।
ज्यान गुमाउनेमा एक्स्काभेटर चालक खानीखोला गाउँपालिका वडा नं २ घर भई हाल पनौती नगरपालिका वडा नं ९ स्थित सुनथान बस्दै आएका अन्दाजी ३५ वर्षीय रामबहादुर तिमल्सिना रहेका छन् । उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
पहिरोमा पुरिएर टिपर चालक पनौती नगरपालिका वडा नं १२ का अन्दाजी ३५ वर्षीय ईश्वर गुरुङ घाइते भएका छन्। उनलाई उद्धार गरेर उपचारको लागि जिल्लास्थित शिर मेमोरियल अस्पताल पठाइएको प्रहरीको भनाइ छ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment