रौतहटका सबै स्थानीय तहले दिए विद्यालयमा बिदा
सांकेतिक तस्बिर
काठमाडौं । अत्यधिक जाडो भएपछि महोत्तरीका स्थानीय तहले विद्यालय बन्दको घोषणा गरेका छन्।
निरन्तरको चिसो हावा, शीतलहर, बाक्लो कुहिरो र हुस्सुले जनजीवन प्रभावित हुन थालेपछि महोत्तरीका १५ वटै स्थानीय तहले विद्यालयमा बिदा दिने निर्णय गरेका हुन्।
स्थानीय तहले बर्खे बिदाबाट कटौती हुनेगरी हाललाई दुई/देखि तीन दिन बिदाको घोषणा गरेका छन्।
स्थानीय तहले विज्ञप्ति जारी गर्दै विद्यालयमा अध्ययनरत बालबालिका अत्यधिक जाडोका कारण प्रभावित हुन थालेको जनाउँदै नगरभित्रका विद्यालयमा पठनपाठन बन्द गराएका छन्।
तराई-मधेसमा विगत केही दिनदेखि शीतलहर र चिसो हावा चल्न थालेको छ। अत्यधिक जाडोका कारण बालबालिका र वृद्धवृद्धा बढी प्रभावित भएका छन्।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment