मौसम पूर्वानुमान : देशको पहाडी तथा हिमाली भू-भागमा आंशिक बदली रहने
काठमाडौं। सोमबार देशभर पश्चिमी वायूको आंशिक प्रभाव रहने छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसोः तराई भू-भागका अधिकांश स्थानहरूमा हुस्सु-कुहिरो रहनेछ।
यसैगरी देशको पहाडी तथा हिमाली भू-भागमा आंशिक बदली रहनेछ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षा-हिमपातको सम्भावना रहेको छ।
राती तराई भू-भागका अधिकांश स्थानहरूमा हुस्सु रहनेछ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ।
कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षा-हिमपातको सम्भावना रहेको छ ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment