त्रिपुरेश्वर चोकबाट १३ लाखसहित एक जना पक्राउ

डिसी नेपाल
३० भदौ २०७६ १४:५०

काठमाडौं। प्रहरीले स्रोत नखुलेको १३ लाख रुपैयाँसहित काठमाडौं महानगरपालिका–११ त्रिपुरेश्वर चोकबाट एक जनालाई पक्राउ गरेको छ।

काठमाडौं डल्लु बस्ने ओखलढुंगा मोलुङ गाउँपालिका–५ का २२ वर्षीय उमेश कुमार मगरलाई स्रोत नखुलेको नगद १३ लाख ९ हजार ७ सय ५ रुपैंया र विभिन्न बैंक तथा वित्तिय संस्थाको ४१ लाख ६२ हजार ५ सय रुपैयाँ बराबरको चेक सहित आइतबार साँझ पक्राउ गरिएको हो।

महानगरीय प्रहरी वृत्त कालीमाटीबाट खटिएको प्रहरीले उमेश सवार प्रदेश नम्बर ३-०२-००५ प ६१५२ नम्बरको स्कुटर जाँच गर्ने क्रममा उक्त नगद र चेक फेला पारी स्कुटर सहित उनलाई पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *