आज मंगलबार, कस्तो छ तपाईंको राशिफल?
मेष : दिन राम्रो छ । मन प्रशन्न रहनेछ । सामाजिक भन्दा धार्मिक क्षेत्रमा रुचि बढ्नेछ । रोगबाट मुक्त हुने योग छ । रोग प्रतिरोधात्मक क्षमता बढ्नेछ । परिवारको साथ र सहयोग मिल्नेछ ।
वृष : दिन सामान्य छ । मन अशान्त हुनसक्छ । शत्रु बढ्नेछन् । निजी शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ । कर्मको स्थानमा शनिदेव भएकाले साना कुरामा विवाद नगर्नु राम्रो हुनेछ ।
मिथुन : दिन रमाइलो छ । परिवारमा नयाँनयाँ परिकार खाएर रमाइलो गर्ने अवसर मिल्नेछ । सञ्चित धन खर्च हुनेछ । उचित ठाउँमा लगानी हुँदा मन सन्तुष्ट हुनेछ । शिक्षामा गरेको प्रयास सफल हुनेछ । राज्यको माथिल्लो तहबाट सेवाको अवसर मिल्नेछ ।
कर्कट : आफ्ना तरिकाले गरेको लगानीबाट घाटा नहुने देखिन्छ । पूर्वको लामो यात्रामा नजानु राम्रो हुनेछ । परिवारमा तपाईंको भन्दा साथीको कुरा बिक्ने हुँदा मन खिन्न हुनेछ ।
सिंह : दिन राम्रो छ । लगानीका क्षेत्र सबल रहेका छन् । शिक्षामा जोस र जाँगर बढ्नेछ । लगानी गरेको भए फाइदा हुने दिन छ । परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ । काम गर्नु अगाडि परिवारसँग सल्लाह गर्नु उचित हुनेछ ।
कन्या : दिन सामान्य छ । मनमा असन्तुष्टि पैदा हुनसक्छ । आफूले गरेको कारोबारमा आफैलाई घाटा हुनसक्छ । समकालीन भन्दा आफूभन्दा साना साथीसँग सहकार्य गर्नु फाइदाजनक हुनेछ । परिवारको साथमा रमाइलो गर्ने अवसर मिल्नेछ ।
तुला : बन्धुसँगको कारोबारबाट मनोकामना पूरा हुनेछ । ठुलो धन खर्च गर्ने हिम्मत नगर्नु राम्रो हुनेछ । शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ । विदेशी रमझमले मन आकर्षित गर्नेछ । विदेशमा गरेको लगानीबाट फाइदा हुनेछ । विपक्षी शान्त भएकाले तपाईंको काम बन्नेछ ।
वृश्चिक : सोचेका काम बन्नेछन् । शिक्षामा ढिलासुस्ती भए पनि दीर्घकालीन सफलता प्राप्त हुनेछ । अप्ठेरो परिस्थितिमा परिवारको साथ मिल्नेछ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ । दिन रमाइलो बन्ने योग छ ।
धनु : मन शान्त बन्नेछ । राजनीतिक संगठनले साथ दिनेछन् । राज्यका निकायमा काम गर्दै हुनुहुन्छ भने पदोन्नती हुनेछ । विपक्षीको आवाज सुन्ने बानीको विकास नहुँदा घाटा हुने जोखिम छ ।
मकर : दिन सामान्य छ । अनुत्पादक क्षेत्रमा खर्च बढ्नेछ । हरेक काममा बाधा र अड्चन आइलाग्नेछ । सोचेका काममा अवरोध हुँदा मन अशान्त बन्नसक्छ । धार्मिक व्यक्तिसँगको भेटले मनमा शान्ति मिल्नेछ । योजना सार्वजनिक नगर्नु राम्रो हुनेछ ।
कुम्भ : दिन राम्रो छ । शिक्षा र स्वास्थ्यमा गरेको लगानीबाट फाइदा हुनेछ । धार्मिक क्षेत्रका अभियान्तले तपाईंको मनमा प्रभाव पार्ने देखिन्छ । धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गर्नु राम्रो हुनेछ । नराम्रो शब्द उच्चारण नगर्नु राम्रो हुनेछ ।
मीन : धनलक्ष्मी योग परेकाले सदुपयोग गर्नुपर्नेछ । स्वास्थ्यले साथ दिनेछ । निजी तरिकाले शिक्षा क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ । परिवारमा भने खटपटी बढ्नेछ । प्रेम सम्बन्धमा सम्हालिएर अगाडि बढ्नुपर्नेछ ।







डिसी नेपाल








Facebook Comment