शुक्लाफाँटाका विद्यालयमा दुई दिन जाडो बिदा

डिसी नेपाल
१६ पुष २०८२ २१:०७
376
Shares

कञ्चनपुर। अत्यधिक चिसो र शीतलहरका कारण शुक्लाफाँटा नगरपालिकाले नगरक्षेत्रभित्रका सबै सामुदायिक विद्यालयमा दुई दिन बिदा दिने निर्णय गरेको छ

विगत केही दिनदेखि चलिरहेको तीव्र शीतलहरका कारण जनजीवन कष्टकर बन्दै गएको र विद्यालयको नियमित पठनपाठनमा अवरोध सिर्जना भएकाले विद्यालयमा बिदा दिइएको हो

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खेमराज विष्टका अनुसार बढ्दो चिसोले विद्यार्थीको स्वास्थ्यमा प्रतिकूल असर पर्नसक्ने जोखिमलाई मध्यनजर गर्दै पुस १७ र १८ गते विद्यालयमा बिदा दिइएको छ

चिसोका कारण साना बालबालिका बढी प्रभावित हुने देखिएकाले दुई दिन शिक्षण संस्था बन्द गर्ने निर्णय गरेका हौ, विष्टले भने।

पछिल्लो समय कञ्चनपुरसहित तराईका जिल्लामा बाक्लो कुहिरो र शीतलहरले चिसो बढेको छ शुक्लाफाँटा अघि जिल्लाका अन्य स्थानीय तह वेदकोट, कृष्णपुर र भीमदत्त नगरपालिकाले पनि बढ्दो चिसोकै कारण विद्यालयमा बिदा दिइसकेका छन् शुक्लाफाँटामा २८ सामुदायिक र २५ संस्थागत विद्यालय छन्




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.