आज बिहीबार, कस्तो छ तपाईंको राशिफल?

डिसी नेपाल
१७ पुष २०८२ ६:११
108
Shares

मेष : दिन राम्रो छ । दैनिक काम सहजै बन्नेछन् । हरेक काममा स्वास्थ्यले साथ दिनेछ । शिक्षाको क्षेत्रमा गरेको प्रयास सफल बन्नेछ । राज्यको महत्त्वपूर्ण क्षेत्रमा सेवाको अवसर मिल्नेछ ।

वृष : शुभकार्यमा मन जानेछ । स्वास्थ्यमा समस्या हुनेछ । दाजुभाइसँग सहकार्य भए फाइदा हुनेछ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ ।

मिथुन : अनुत्पादक क्षेत्रको खर्च कटौती गर्नुपर्ने दिन छ । बोल्नु अगाडि तीन पटक सोच्नुपर्ने दिन छ । परिवारसँग बसेर रमाइलो गर्ने योजना बन्नेछ । साथीभाइसँगको संगत फलदायी हुनेछ । धार्मिक कार्यमा सहभागी भएमा मन शान्त बन्नेछ ।

कर्कट : मन प्रशन्न हुनेछ । मिष्ठान्न भोजनको योग रहेको छ । दाजुभाइसँगको सहकार्यले फाइदा हुनेछ । शिक्षामा उन्नती हुनेछ ।

सिंह : शिक्षाको क्षेत्रमा जोस र जाँगर बढ्नेछ । परीक्षा दिएको भए राम्रो नतिजा प्राप्त हुनेछ । स्वदेशमा भन्दा विदेशतर्फ मन आकर्षित हुनेछ । वैदेशिक क्षेत्रको लगानीबाट फाइदा हुनेछ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ ।

कन्या : दाजुभाइसँगको सहकार्य सफल बन्नेछ । शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ । विपक्षी साथीले प्रशंसा गर्नेछन् । आफन्तलाई खुशी पार्न समस्या हुनेछ । प्रेम सम्बन्धमा खटपटी बढ्नेछ ।

तुला : दिन सामान्य छ । स्वास्थ्य समस्या देखिने जोखिम छ । यात्राको योजना बनाएको भए स्थगित गर्नु राम्रो हुनेछ । परिवारबाट भने धोका हुने जोखिम छ ।

वृश्चिक : दिन राम्रो छ । हरेक रोगबाट मुक्त हुने दिन छ । उपचारकोक्रममा भए स्वास्थ्यमा सुधार हुनेछ । परिवारबाट धोका हुने भएकाले सचेत बन्नुपर्नेछ । प्रेम सम्बन्धमा खटपटी बढ्ने जोखिम छ ।

धनु : सञ्चित धन खर्च हुनेछ । सानो कुराले मनमा खटपटी बढ्नेछ । प्राविधिक शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ । प्राविधिक शिक्षाको क्षेत्रमा प्रगति हुनेछ । संकटमा परिवारको साथ मिल्नेछ ।

मकर : दैनिक काम सहजै बन्नेछन् । स्वास्थ्यमा सुधार हुनेछ । लगानीको क्षेत्रमा उत्साह बढ्नेछ । विपक्षीको साथमा महत्त्वपूर्ण काम बन्नेछ । परिवारलाई समय दिन नसक्दा खटपटी बढ्नेछ ।

कुम्भ : दिन समान्य छ । दैनिक काम सहज भए पनि बौद्धिक क्षेत्रमा साथीहरुले असहयोग गर्नेछन् । गोपनीयता भंग नगर्नु राम्रो हुनेछ । प्रेम सम्बन्धमा सुधार हुनेछ । राजनीतिक क्षेत्रमा लगानी गरेको भए लाभ हुनेछ ।

मीन : बोलीमा सरस्वतीको बास छ । परोपकारमा सक्रिय हुनु राम्रो हुनेछ । गुरुबाट असहयोग हुँदा मन भने दु:खी हुनेछ । परिवारको साथ र सहयोग प्राप्त हुनेछ । ठग सक्रिय भएकाले राजनीतिक क्षेत्रमा अगाडि नबढ्नु राम्रो हुनेछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.