राष्ट्रिय तथ्यांक दिवसलाई आधिकारिता प्रदान गर्न जोड
काठमाडौं । नेपाल सरकारका मुख्य सचिव सुमनराज अर्यालले तथ्यांक दिवसलाई राष्ट्रिय तथ्यांक दिवसको रुपमा मनाउन आवश्यक रहेको बताएका छन्।
बिहीबार काठमाडौंमा आयोजित तथ्यांक दिवस २०८२ को अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले तथ्यांकलाई आधिकारिक मानिएकाले अब दिवसपनि आधिकारिक रुपमा मनाउनुपर्ने बताए।
उनले भने,‘तथ्यांक दिवसलाई राष्ट्रिय तथ्यांक दिवसको रुपमा मनाउन म आग्रह गर्न चाहन्छु। यसको लागि मैंले गर्नुपर्ने काम के हो त्यो भनिदिनुहोला, म त्यो गर्न तयार छु। तथ्यांकलाई आधिकारिक भनिराखेको छौं। दिवसलाई पनि आधिकारिक तथ्यांक दिवस मनाउनेतिर लागौं।’
त्यस्तै उनले तथ्यांक केवल प्राविधिक विषय मात्र नभएर समग्र शासकीय सुशासन पक्षको ठूलो पक्ष भएको धारणा राखे। तथ्यांकलाई प्राविधिक भाष्यमात्र मात्र दिएर नहुने भन्दै त्यो सोचलाई परिवर्तन गर्न आवश्यक रहेको उनले बताए।
मुख्य सचिव अर्यालले तथ्यांक प्रणालीलाई २१ औं शताब्दी सुहाउँदो बनाउनुपर्ने धारणा राखे।
उनले भने,‘यो प्राविधिक विषय मात्र होइन्। समग्र शासकीय सुशासनको पक्ष हो। त्यसैले यसलाई प्राविधिक भाष्यमात्र मात्र दिएर सुख पाउँदैनौं र त्यस्तो सोचलाई परिवर्तन गर्नुपर्छ। तथ्यांक प्रणाली २१ औं शताब्दी सुहाउँदो होस् हामीले खोजेको त्यति मात्र हो। अनि मात्र खोजेको सबै कुराको सम्बोधन हुन सक्छ’ उनले भने।
जनगणनाको स्वरुपलाई फरक ढंगबाट हेर्ने जमात आएको भन्दै यसलाई प्रविधिसँग जोड्नु आजको आवश्यकता रहेको उनको भनाइ छ।







डिसी नेपाल








Facebook Comment