दिवाकरको ‘तिमीसँगै हुने मन छ’ मा भित्रिए रविन्द्र झा
काठमाडौं। ‘मेरो जीवन साथी’, ‘स्टुपिड मन’, ‘एश्वर्य’, ‘क्याप्टेन’ चलचित्र निर्देशन गरेका निर्देशक दिवाकर भट्टराईको नयाँ चलचित्र ‘तिमीसँगै हुने मन छ’मा कलाकार रविन्द्र झा अनुबन्धित भएका छन्। दिवाकरले चलचित्रको निर्माण तथा निर्देशन गर्न लागेका हुन्।
सोमबार निर्माण पक्ष र कलाकार रविन्द्रबिच कागजी सम्झौता भएको हो। निर्देशक भट्टराईले रविन्द्रलाई विशेष भूमिकामा लिइएको डिसी नेपाललाई जानकारी दिए। ‘मुख्य तीन पात्रमध्ये एउटा पात्रको भूमिकामा उहाँलाई लिएका हौं’–उनले भने ।
चलचित्रमा अभिनेत्रीको भूमिकामा दीपिका प्रसाइँ फाइनल भईसकेकी छन्। मुख्य अभिनेता भने फाइनल गरिएको छैन्।
चाँडै नै मुख्य अभिनेता फाइनल गरि चलचित्रको घोषणा गरिने दिवाकर बताउँछन्।
लभस्टोरी कथामा निर्माण हुने चलचित्रको छायांकन भने तिहारपछि शुरु हुनेछ। अहिले प्रि–प्रोडक्सनको काम तीव्र रुपमा भईरहेको निर्देशक दिवाकरले बताए।
ओम नम शिवाय प्रोडक्शनको ब्यानरमा यो चलचित्र निर्माण हुनेछ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment