कागबेनीमा श्राद्ध गर्न नदिने समूहलाई नियन्त्रण गर्न सरकारसँग माग
काठमाडौं । विश्व हिन्दु युवा संघ, अन्तराष्ट्रिय समिति र विश्व हिन्दु महासंघ, काठमाडौं उपत्यका समितिले मुस्ताङको मुक्तिनाथ मन्दिरस्थित कागबेनीमा सोह्र श्राद्ध तथा पितृ तपर्ण कार्य गर्न नदिने समूहलाई तत्काल नियन्त्रण गर्न सरकारसँग माग गरेका छन्।
दुवै समितिले सोमबार काठमाडौंमा संयुक्त पत्रकार सम्मेलन गरी मुलुकको धार्मिक सदभावमाथि समेत खलल पुर्याउने गरी सो कार्यमा केही समूह लागेको उल्लेख गर्दै उनीहरुलाई तत्काल नियन्त्रणमा लिन सरकारसँग माग गरेको हो।
पितृहरुलाई पिण्डदान गर्न नदिएको सो घटना सैह्य नहुने भएकाले त्यस्ता समूहलाई तत्काल नियन्त्रणमा लिन सरकारसँग माग गर्नु परेको विश्व हिन्दु युवा संघ, अन्तराष्ट्रिय समितिका महासचिव रोशनजंग बस्नेतले जानकारी दिए।
उनले मुक्तिनाथ मन्दिरको भेटीघाटी तथा अन्य सम्पत्तिको पनि उचित व्यवस्थापन गर्न सरकारको गम्भिर ध्यानाकर्षण गराए।
विश्व हिन्दु युवा संघ, अन्तराष्ट्रिय समिति र विश्व हिन्दु महासंघ, काठमाडौं उपत्यका समितिले मुक्तिनाथ मन्दिरका पुजारीलाई तलवको व्यवस्था गरिदिन पनि सरकारसँग माग गरेका छन्।
No ads found for this position


डिसी नेपाल
Facebook Comment