एमालेबाट कैलाली–४ मा लेखराज भट्ट सिफारिस

डिसी नेपाल
१८ पुष २०८२ १९:०२
40
Shares

काठमाडौं । नेकपा एमालेले कैलाली निर्वाचन क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्यका लागि लेखराज भट्टको नाम सिफारिस गरेको छ।

शुक्रबार बसेको क्षेत्रीय समन्वय कमिटीको बैठकले एमाले उपमहासचिव भट्टको नाम एकल रूपमा सिफारिस गर्ने निर्णय गरेको हो।

भट्ट उक्त क्षेत्रबाट २०६४ सालमा माओवादीबाट विजयी भएका थिए। २०७० सालमा कांग्रेसका दीर्घराज भाटसँग पराजित भएका थिए। २०७४ सालमा माओवादीबाटै विजयी भएका उनी २०७९ सालमा भने एमालेबाट चुनाव लड्दा कांग्रेसका बीरबहादुर बलायरसँग पराजित भएका थिए।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *